सुदूरपश्चिमका ११ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या बढ्न थालेको छ।
आज मात्रै बाजुराका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बडिमालिका नगरपालिकाकामा कार्यरत ४ जना स्वास्थ्यकर्मी, एकजना स्वास्थ्य कार्यलय बाजुरा र एक जना अस्पतालको कर्मचारी रहेका छन्।
कोरोना महामारी फैलिदै जाँदा स्वास्थ्यकर्मीले सुरक्षा सामाग्री विना नै काममा खटिनुपर्ने बाध्यताका कारण संक्रमित स्वास्थ्यकर्मि बढ्न थालेका हुन्। सुदूरपश्चिमको यसअघि कञ्चनपुरमा तीन, डडेल्धुरामा एक र कैलालीमा एक जना स्वास्थ्यकर्मीमा समेत कोरोना पुष्टि भईसकेको छ।