प्रदेश २ मा संक्रमितको संख्या २७ सय नाघ्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या २७ सय नाघेको छ। विहिबार एक महिलासहित ६६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७८१ पुगेको हो।

सामाजिक विकास मन्त्रालयले जनाएअनुसार बिहिबार धनुषामा २९, रौतहटमा ३४, सर्लाहीमा २ र महोत्तरीमा एकजनामा संक्रमण पुष्टि भएको छ।

धनुषाको नगराईन नगरपालिकास्थित क्वारेन्टाइनमा २८ र मुखियाट्टी मुसहरनिया क्वारेन्टाइनका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

यसैगरी रौतहटको राजपुर नगरपालिका क्वारेन्टाइनका ९, ईशनाथ नगरपालिका क्वारेन्टाइनका २५ जनामा संक्रमण पुष्टि भएको उनले बताए।

सर्लाहीको विष्णुपुर क्वारेन्टाइनका दुईजनामा संक्रमण भएको घिमिरेले जानकारी दिएका छन्।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा १३२ जनासहित हालसम्म ६८३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्र्र्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा ३५ हजार ३३१ जनाको स्वाब संकलन भएकोमा २ हजार ७८१ जनाको पोजिटिभ, २५ हजार ३९० जनाको निगेटिभ र ७ हजार १६० जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय