गण्डक अस्पतालबाट ८ जना डिस्चार्ज

गण्डक अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरुलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको छ।

डिस्चार्ज हुनेमा २ जना महिला र ६जना पुरुष छन्। उनीहरु सबै पर्सा र रौतहटका हुन्।

पहिलो पिसिआर रिपोर्ट पोजेटिभ आएलगत्तै उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो। दश दिनपछि निको भएर उनीहरुलाई डिस्चार्ज गरिएको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए।

आइसोलेसनबाट डिस्चार्ज भएपछि उनीहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नेगरी पठाएको डा. सिंहले जानकारी दिए। उनीहरुमा गत जेठ २१ र २२ कोरोना संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय