कोरोना संक्रमण अहिलेसम्मको उच्च, एकैदिन ६७१ संक्रमित, थप २ जनाकाे मृत्यु

बिहीबार थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले थप ६७१ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यति धेरै संख्या पुष्टि भएको यो पहिलो पटक हो।

बिहिबार संक्रमित देखिएको मध्ये ५९१ पुरुष र ८० महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ७ हजार ८ सय ४८ जना पुगेका छन् । जसमध्ये ७ हजार २ सय २९ पुरुष र ६ सय १९ महिला रहेका छन्।

हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ।

बिहिबार १९ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । हालसम्म १ हजार १ सय ८६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये महिला १सय १४ रहेका छन् भने १ हजार ७२ पुरुष रहेका छन्।

शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वासप्रस्वाशमा समस्या भएपछि धनगढीको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पताल पुगेपछि ती मृतकमा कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था निक्कै बिग्रेपछि मात्रै सेतीमा भर्ना भएका कारण कोरोनाबाट ती व्यक्तिको मृत्यु भएको हो ।

यसैगरी,कैलालीको लम्की चुहा नगरपालिकाकी ४३ वर्षीया महिलाको मंगलबार कोरोनाका कारण मृत्यु भएको छ। लामो समयदेखि ती महिला रोगले ग्रसित रहेको खुलेको छ।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार राती मृत्यु भएको थियो।

उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय