क्वारेन्टाइनका गर्भवती र सुत्केरीको समस्या समाधान होस्ः पूर्व स्वास्थ्यमन्त्री अधिकारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले क्वारेन्टाइनमा रहेका गर्भवती र सुत्केरी महिलाको समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएको छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद अधिकारीले सुरक्षाकर्मी र शौचालयको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सर्वोच्च अदालतले गएको साउन देखिको कर उठाउन नपाउने गरी आदेश दिएको जिकिर गर्दै अधिकारीले सरकारलाई चौतर्फी घेराबन्दी गरिएको दावी गरे।

सरकारको विराधे र घेराबन्दीका बीच सरकारले कोभिड–१९ को रोकथामक लागि महत्त्वपूर्ण कार्य गरेको अधिकारीको दावी छ। क्वारेन्टाइन बनाएर र आइसोलेसन बढाएर तीव्र गतिमा काम गरिरहेको उनले उल्लेख गरे।

स्थानीय विकास साझेदारी कार्यक्रम र रणनीतिक सडक सम्बन्धमा अधिकारीले यसलाई कोभिड–१९ को विरुद्ध लड्न सक्ने सामर्थ्य र पूर्वाधार बनाउनगरी निरन्तरता दिन सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय