समुदायमा फैलियो कोरोना, कैलालीमा गयो तीन जनाको ज्यान

शनिबार कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएसँगै कैलालीमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

पेशाले सवारी चालक रहेका मृतकलाई भारतबाट आएका यात्रु आसार्ने क्रममा संक्रमण पुष्टि भएको अनुमान गरिएको छ। स्वासप्रस्वाशमा समस्या भएपछि धनगढीको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पताल पुगेपछि ती मृतकमा कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था निक्कै बिग्रेपछि मात्रै सेतीमा भर्ना भएका कारण कोरोनाबाट ती व्यक्तिको मृत्यु भएको उपचारमा संलग्न डाक्टर शेरबहादुर कमरले बताए।

यसैगरी कैलालीको लम्की चुहा नगरपालिकाकी ४३ वर्षीया महिलाको मंगलबार कोरोनाका कारण मृत्यु भएको छ। लामो समयदेखि ती महिला रोगले ग्रसित रहेको खुलेको छ।
नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार राती मृत्यु भएको थियो।

उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो।

यसै गरी कोरोनाका कारण धनगढी उपमहानगरपालिका –४ की ५५ वर्षीया महिलाको पनि मृत्यु भएको थियो। उनले लामो समयदेखि मिर्गौलाको डायलासिस गर्दै आएकी थिइन्। सेती अस्पताल धनगढीमा डायलासिस गर्दै आएकी उनको मृत्यु पछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

गाडि चालक बाहेक अन्य कोरोना संक्रमितको सम्पर्कमा पुगेको पाइएको छैन। यसले समुदाय स्तरमै कोरोना फैलिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय