बुधबार ५६८ जना नेपाली विदेशबाट फर्किए

कोभिड–१९ ले जारी लकडाउनका कारण विदेशमा अलपत्र नागरिकको उद्धार जारी छ।

यसक्रममा बुधबार ५६८ जना नेपाल आएका छन्। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) का अनुसार बुधबार कुवेत, बंगलादेश र थाइल्याण्डबाट नेपाली नागरिकको उद्धार गरिएको हो।

जजिरा एयरको जहाजमा कुवेतबाट १५० जना आएका थिए। यस्तै, बंगलादेशबाट हिमालय एयरको जहाजबाट १५७ जना आएका छन्। नेपाल वायुसेवा निगमको जहाजमा थाइल्याण्डबाट २६१ जना नेपाल आएका छन्।

नेपाल आएका नागरिकहरूलाई होल्डिङ एरियामा लगेर आवश्यक उपचार तथा घर फर्किने चाँजो मिलाउने काम भइरहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय