झापामा थप एकजनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८० पुग्यो

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

झापा गाउँपालिकाका एक ४६ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी भारतको मुम्बईबाट आएर डिल्लीराज मावि क्वारेन्टाइनमा बसेका थिए।

बिराटनगरमा फरिएको परिक्षण्मा संक्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए। योसँगै उक्त पालिकामा संक्रमितको संख्या तीन पुगेको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या १८० पुगेको छ। जसमध्ये ११३ जना निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय