भारतमा २४ घण्टामा कोरोनाबाट ३४१ को मृत्यु, १३ हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसका कारण भारतमा बितेको २४ घण्टामा ३ सय ४१ जनाको मृत्यु भएको छ भने १३ हजारबढी संक्रमित थपिएका छन्।

भारतमा कोरोना भाइरसको संक्रमणदर र मृत्युदर निरन्तर बढीरहेको छ। पछिल्लो एक दिनमा भारतमा भाइरसका कारण ३ सय ४१ जनाले ज्यान गुमाउनुका साथै थप १३ हजार १ सय ३ जनामा संक्रमण रहेको पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २ सय ६२ पुगेको छ भने ३ लाख ६७ जार २ सय ६४ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख ९४ हजार ४ सय ३८ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

बुधबारसम्म भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २ सय २१ जना रहेको थियो भने ३ लाख ५४ हजार १ सय ६१ जना संक्रमित रहेका थिए।

विश्ववभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ लाख ५१ हजार २ सय ६५ पुगेको छ भने ८४ लाख २ सय ७० जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ५४ हजार ४ सय ५२ जनाको अवस्था गम्भीर रहेको र ४४ लाख १४ हजार ९ सय ९१ जना निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय