भरतपुरमा गरिएको कोरोना परीक्षणमा पर्वतका ५ जनाको रिपोर्ट पोजेटिभ

पर्वतका ३ वटा पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

स्वास्थ्य निर्देशनालय गण्डकीले बिहिबार बिहान ८ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार ४ पुरुष र १ महिलामा कोरोना पुष्टि एको हो। संक्रमण पुष्टि हुनेमा कुश्मा नगरपालिकाका ४२ वर्षे पुरुष र २० वर्षीय महिला, फलेवास नगरपालिकाका ३७ र ३० वर्षे पुरुष र मोदी गाउँपालिकाका ३० वर्षे पुरुष छन्।

सबै संक्रमित भारतबाट आएर जिल्लाका पालिकाले कुश्मामा बनाएको क्वारेन्टाइनमा बसेको निर्देशक शर्माले बताए। योसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ९४ पुगेको छ। आज बिहान मात्र प्रदेशका ४ जिल्लाका ४२ जनामा कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय