डेडिकेटेड आइसोलेसन भरियो, मेडिकल वार्डलाई आइसोलेसन बनाउँदै क्षेत्रीय अस्पताल

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको उत्तरी प्रवेश गेटको आडैमा क्षेत्रीय रक्तसञ्चार केन्द्र छ। केन्द्रको भवनको पछाडिपट्टि क्षेत्रीय अस्पतालले डेडिकेटेड आइसोलेसन बनाएको छ। चैतमा नै तयार भएपनि संक्रमित नहुँदा जेठ दोस्रो सातासम्म उक्त आइसोलेसन खाली नै रह्यो। १५ दिनको अवधिमा कास्कीका ६ र बाहिरी जिल्लाका ३ गरेर ९ जना उपचारका लागि आएपछि अहिले आइसोलेसन भरिएको छ।

१० बेडको उक्त आइसोलेन वार्ड भरिएपछि त्यसको विकल्पको रुपमा मेडिकल वार्डलाई प्रयोग गर्ने तयारी अस्पतालले गरेको छ। ‘हामीलाई आइसोलेसनको समस्या नहोला। अस्पताल भित्रको मेडिकल वार्डलाई आइसोलेसनको रुपमा प्रयोग गर्छौं। सुरक्षित हुने गरेर त्यसलाई तयार राखेका छौं। त्यहाँ ३५ बेड छ,’ क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने।

मेडिकल वार्ड प्रयोग गर्दा अस्पतालको अरु सेवा प्रभावित नहुने उनले बताए। आचार्यका अनुसार मेडिकल वार्डमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई राख्न अस्पतालले छुट्टै ठाउँ बनाइएको छ।

क्षेत्रीय अस्पतालमा १२ बेडको आइसियु र ४ वटा भेन्टिलेटर छन्। ४ मध्ये एउटा भेन्टिलेटरलाई हाल संक्रमितको उपचार भइरहेको आइसोलेसनमा राखिएको छ। संक्रमितको उपचारमा ६ नर्स, २ मेडिकल अफिसर, सहयोगी ३ जना खटिएका छन्। त्यसबाहेक संक्रमितलाई आवश्यक परे परामर्शदाता पनि तयार रहेको सूचना अधिकारी आचार्यले बताए।

अस्पतालको प्रवेश गेट नजिकै बनाइएको १० बेडको आइसोलेसनमा हाल ९ संक्रमितको उपचार भइरहेको छ। ‘अस्पतालको अरु सेवा प्रभावित हुँदैन। मेडिकल वार्ड जान पछाडिको ढोका प्रयोग गर्छौं। डायालासिस, आइसियू बन्द हुँदैन, सूचना अधिकारी आचार्यले भने, ‘कोही संक्रमितलाई आइसियुमा राख्नुपर्छ कि भनेर एक बेड छुट्टै बनाउने योजना छ।’

क्षेत्रीय अस्पतालमा १२ बेडको आइसियु र ४ वटा भेन्टिलेटर छन्। ४ मध्ये एउटा भेन्टिलेटरलाई हाल संक्रमितको उपचार भइरहेको आइसोलेसनमा राखिएको छ। संक्रमितको उपचारमा ६ नर्स, २ मेडिकल अफिसर, सहयोगी ३ जना खटिएका छन्। त्यसबाहेक संक्रमितलाई आवश्यक परे परामर्शदाता पनि तयार रहेको सूचना अधिकारी आचार्यले बताए।

उनका अनुसार अहिलेको आइसोलेसनलाई खाली गरेर सबै संक्रमितलाई मेडिकल वार्डमा सार्ने गरी पनि छलफल भइरहेको छ। ‘हामीले ९ जनाको स्वाब पठाएका छौं। उहाँहरूको नेगेटिभ आए घर पठाउँछौं नभए अहिलेको आइसोलेसन खाली गरेर सबैलाई वार्डमा सार्छौं,’ आचार्यले भने।

कोरोना संक्रमण देखिएसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्यामा समेत प्रभाव परेको छ। कोरोना देखिनुअघि दैनिक १५ सयको हारहारीमा बिरामी उपचार गराउन आउने गरेकोमा अहिले मुस्किलले २ सय जना मात्र आइरहेको सूचना अधिकारी आचार्यले जानकारी दिए। ‘मेडिकल वार्डलाई आइसोलेसन बनाएपनि बिमाको औषधि खाने आउनुहुन्छ। आइसियु, इमर्जेन्सीको सेवा पनि रोकावट हुँदैन,’ उनले भने, ‘तर कोरोना देखिएपछि उपचारलाई आउने बिरामीको संख्या धेरै कम भएको छ।’

६५ जनाको स्वाब संकलन

कोरोना पुष्टि भएपछि मंगलबार क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ९० वर्षे वृद्धको सम्पर्कका ६५ जनाको स्वाब संकलन गरिएको छ। संक्रमित उपचार गराउन पुगेको पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालका कर्मचारी र परिवारका सदस्य गरी ६५ जनाको स्वाब संकलन गरिएको हो।

‘प्रारम्भिक ट्रेसिङ गर्दा ६५ जना सम्पर्कमा आएको देखिएको छ। त्यसमा ५३ जना अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका कर्मचारी हुनुहुन्छ। बाँकी १२ जना परिवारका सदस्य हुनुहुन्छ,’ पोखरा महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने।

ती वृद्धको स्वास्थ्यवस्था सामान्य रहेको क्षेत्रीय अस्पतालले जनाएको छ। क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने, ‘९० वर्षका बुवाको अवस्था चिन्ता लिनुपर्ने खालको छैन। खाना खाइरहनुभएको छ।’

दुर्घटनापछि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आएका पर्वतको कुश्मा ३ का ३५ वर्षे युवकमा ३० जेठमा कोरोना पुष्टि भएपछि उनको यहीँ उपचार भइरहेको छ। अर्का २ संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएपछि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालबाट २८ जेठमा पोखरा रेफर गरिएको हो।

संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङका ५८ वर्षे पुरुषसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेका थिए। ४ दिन अस्पताल बसेर घर गएको भोलिपल्टै पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ल्याइएको थियो। ज्वरो आएकाले स्वाब संकलन गरेर पठाइएकोमा मंगलबार आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।

क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार गराउनेमा कास्कीको रुपा गाउँपालिकाका २ सहित पोखरा २७, ३०, ९ र १४नम्बर वडाका पुरुष छन्। पोखरा–१४ का संक्रमित ९० वर्षे वृद्धबाहेक अरु संक्रमित २१ देखि ५९ वर्ष उमेर समूहभित्रका छन्। पोखराको उक्त आइसोलेसनमा उपचार गराउनेमा ३ संक्रमित बाहिरी जिल्लाका छन्।

दुर्घटनापछि मणिपाल शिक्षण अस्पतालमा उपचार गराउन आएका पर्वतको कुश्मा ३ का ३५ वर्षे युवकमा ३० जेठमा कोरोना पुष्टि भएपछि उनको यहीँ उपचार भइरहेको छ। अर्का २ संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएपछि स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालबाट २८ जेठमा पोखरा रेफर गरिएको हो।

१९ सय स्वाब पेन्डिङ

प्रदेश जनस्वास्थ्य कार्यालयले २ वटा पिसिआर मेसिनबाट कोरोना परीक्षण भइरहेको बताएपनि अझै परीक्षणको गति दु्रत हुन सकेको छैन। गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका १९ सय १ स्वाब अझै पेन्डिङमा छन्। हालसम्म गण्डकी प्रदेशमा ८ हजार ४ सय ४३ जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये ६ हजार २ सय ९५ जनामा कोरोना नेगेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा बुधबार साँझसम्म २ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशको मुस्ताङबाहेक बाँकी १० वटै जिल्लामा संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय