मनाङमा पहिलोपटक भेटिए कोरोना संक्रमित, ७४ जिल्लामा संक्रमण

गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा पहिलोपल्ट कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुको बाँडगंगा नगरपालिका घर भइ चामे गाउँपालिकामा कार्यरत ५७ वर्षे पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार मनाङका संक्रमित कपिलवस्तुबाट फर्किएका हुन्।

योसँगै मुस्ताङबाहेक गण्डकीका अरु १० जिल्लामा संक्रमण देखिएको छ। देशका ३ जिल्ला मुस्ताङ, रसुवा र ओखलढुंगा कोरोनामुक्त छन्। मुस्ताङमा बाहिरबाट जानेलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ। ४ दिन पहिले मुक्तिनाथ दर्शन गर्न पुगेका म्याग्दीका सिडिओसहितको जम्बो टोलीलाई मुस्ताङीले फर्काइदिएका थिए।

आजै नवलपुरमा १८, तनहुँमा १२ र गोरखामा थप ११ जनामा कोरोना पुष्टि भएको छ। नवलपुरका १ जनाको भरतपुर अस्पतालमा गरिएको परीक्षण कोरोना पुष्टि भएको हो।

बाँकी सबैको परीक्षण पोखरास्थित कोरोना प्रयोगशालामा गरिएको हो। सबै संक्रमित भारतबाट फर्किएकाहरु रहेको उनले स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए। आज थपिएका ४२ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय