क्लोरोक्वीमाथि फेरि प्रतिवन्ध

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार ४ गते ७:०३

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको उपचारमा हाइड्रोक्सी क्लोरोक्वीनको प्रयोगलाई फेरि निषेध गरेको छ।

कोरोना भाइरसको उपचारका लागि विश्वका धेरै देशले प्रयोगमा ल्याएको यो औषधीलाई विश्व स्वास्थ्य संगठनले दोस्रोपटक रोक लगाएको हो।

ब्रिटेनमा यो औषधी प्रयोगपछि संक्रमितमा झन् समस्या देखिएपछि रोक लगाइएको स्वास्थ्य संगठनले जनाएको छ।

संक्रमितलाई सिधै यो औषधी प्रयोग गर्दा मृत्यु दर झनै बढेको निश्कर्ष स्वास्थ्य संगठनले निकालेको छ।

यसअघि पनि उसले यो औषधीको परीक्षणमा रोक लगाएको थियो। विश्वभर त्यसको विरोध भएपछि प्रयोगको अनुमति खुलाइएको थियो। विश्वमा सबैभन्दा धेरै यो औषधी भारतले उत्पादन गर्छ।

विश्व स्वास्थ्य संगठनले यो औषधीको प्रयोगमा रोक लगाएपछि भारतले चिठ्ठी लेखेर भारतसँग परामर्श गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गरेको थियो।

खासगरी मलेरियाका बिरामीका लागि प्रयोग हुने औषधी विश्वका धेरै देशमा कोरोना संक्रमितहरुलाई पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय