भक्तपुरमा प्रहरीसहित तीन जनामा कोरोना पुष्टि

भक्तपुरमा बुधबार तीन जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि हुनेमा एक प्रहरीसहित तीन अन्य दुई जना रहेका छन्।

चाँगुनारायण नगरपालिका घर भई महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो।

परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरिएको छ। त्यहाँ कार्यरत १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले बताएका छन्।

क्वारेन्टिनमा राखेकाको आज स्वाब संकलन गरी पिसिआरका लागि पठाइने र संक्रमितको परिवारको पनि स्वाब संकलन गरिने भएको छ।

प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआरको नतिजामा ती पुरुषलाई संक्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले बताए।

त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टाइनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूलाई बुधबार नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय