अमेरिकामा २४ घण्टामा थपिए २५ हजार संक्रमित, ८ सयको ज्यान गयो
अमेरिकामा अझै कोरोना संक्रमणदर दर उच्च छ। पाँच महिना बितिसक्दा पनि अमेरिकामा संक्रमण रोकिन सकेको छैन।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २५ हजार ७८ जना संक्रमित थपिएका छन्। बिहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८०७ जनाले ज्यान गुमाएका छन्।
अहिलेसम्म अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ।
कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जनाले कोरोना जितेका छन्।
उपचार गराइरहेका १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ।