आइओएमको डिनमा डा. दिव्या सिंह शाह नियुक्त
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. दिव्या सिंह शाह नियुक्ति भएकी छिन्।
त्रिवि कार्यकारी परिषदको आज बसेको बैठकले उनलाई डिनमा नियुक्त गरेको हो। सर्च कमिटीले सिफारिस गरेको तीन जनाको नाम मध्येबाट शाहलाई डिनमा भएकी हुन्।
प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा गठित तीन सदस्यीय सर्च कमिटीले सोमबार डा. प्रदीप बैद्य, डा. दिव्यासिंह शाह र डा. उत्तम श्रेष्ठको नाम सिफासिर गरेको थियो।