कर्णालीमा समुदाय स्तरमै भेटिनथाले संक्रमित

कर्णालीमा समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेका छन्। केहि दिन अगाडि सुर्खेतका एक जना विद्यार्थिमा कोरोना पोजिटिभ भेटिएको थियो।

उनी भारतबाट आएका व्याक्ति होइनन् भने गाउँमा पनि कसैको सम्पर्कमा पुगेका थिएनन्। उनी कर्णालीको समुदाय स्थरको पहिलो कोरोना संक्रमित व्याक्ति हुन्।

दोश्रो पटक कर्णाली प्रदेशको प्रदेश अस्पताल कालागाउँमा उपचार गराउन आएका ३ जना व्याक्तिमा एकै पटक कोरोना पोजेटिभको देखियो। यसरी समुदाय स्तरबाट उपचार गराउन आएकाहरूमा धेरै संख्यमा एकै पटक कोरोना संक्रमण देखियो।

गएको जेष्ट ३१ र ३२ गते दैलेखबाट आएका दुई जना बिरामी र सुर्खेतका १ जनामा कोरोना पोजेटिभको देखियो। उनीहरूमा कोरोना देखिएसँगै प्रदेश अस्पतालको इमेरजेन्सि कक्ष सिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडलले जानकारी दिए।

दैलेखको दुल्लुबाट आएका दुई जना विरामीहरू मध्य एक जना ८ महिना अघिदेखि क्षयरोगका संक्रमित थिए। यस्तै दैलेखका अर्का एक जना र सुर्खेतका एक जनाले विष सेवन गरेकाले प्रदेश अस्पतालको इमेरजेन्सी वार्डमा उपचार गरिएको थियो।

इमरजेन्सी वार्डमा उपचार गराइरहेका ति तीन जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरू उपचारमा संलग्न चिकित्सक र अन्य कर्मचारी गरी ४० जनाभन्दा बढीको आरडिटी परीक्षण भइरहेको छ। उनीहरूलाई आइसुलेसनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय