दाङ र सल्यानका ३३ जनामा कोरोना संक्रमण

दाङ र सल्यानमा थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पिसिआर परिक्षणमा दाङका ८ र सल्यानका २५ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार दाङको राप्ती गाउपालिका ५ र गढवा गाउपालिकाका ३ जना गरि ८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ५१ पुगेको छ।

त्यसैगरी सल्यानको कुमाख, बागचौर र त्रिवेणी गाउँपालिकाका २५ जनामा कोरोना संक्रमण देखिएको छ। राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा देखिएका संक्रमित मध्य ४ जना महिला र २९ जना पुरुष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय