एकैदिन ५८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७ हजार १७७ पुग्यो

बुधबार थप ५८६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ५८६ जनामा कोरोना संक्रमण देखिएको बताए।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षण सो संक्रमण पुष्टि हो। यति धेरै संख्या पुष्टि भएको यो पहिलो पटक हो।

बुधबार संक्रमित देखिएको मध्ये ५४६ पुरुष र ४० महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ७ हजार १ सय ७७ जना पुगेका छन् । जसमध्ये ६ हजार ६ सय ३८ पुरुष र ५ सय ३९ महिला रहेका छन।

हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा बुधबारसम्म २० जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।

बुधबार ९ जना पुरुष संक्रमण निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।

हालसम्म १ हजार १ सय ६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये महिला १सय १२ रहेका छन् भने १ हजार ५५ पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय