मेची प्रादेशिक अस्पताललाई २३ करोड

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ असार ३ गते १२:४९

प्रदेश- १ सरकारले झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउने भएको छ।

असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा २३ रुपैयाँ छुट्याएर प्रदेश सरकारले त्यस्तो योजना अघि सारेको हो। सो अस्पतालमा उपकरण, जनशक्ति र पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ।

अर्थमन्त्री इन्द्र आङ्वो (मौसम) ले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाइने बताए। अर्थमन्त्रीले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७७/ ०७८ को बजेटमा २३ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।
स्थापना भएको लामो समयसम्ममा पनि सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको यो पहिलो पटक हो।

झापा ३ ‘क’ का प्रदेश सांसद बसन्त बानियाँले आफूहरूको निरन्तरको प्रयत्न सफल भएको बताए। प्रादेशिक अस्पताल घोषित भएसँगै भद्रपुरस्थित प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार्न सिटी स्क्यान, हेमोडायलसिस सेवा र थप भ्यान्टिलेटरको ब्यवस्थापनका लागि २३ करोड बिनियोजन गर्नु उपलब्धि मुलुक भएको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय