कोरोना प्रकोपले न्यायक्षेत्रका सबै सेवा प्रभावित: कानुनमन्त्री तुम्बाहाङफे

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले सर्वोच्च अदालतमा रहेका २१ हजार मुद्दाको सुनुवाइ प्रभावित भएको बताएकी छन्।

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तुम्बाहाङफेले सर्वोच्च अदालतसहित न्यायसेवाका सबै क्षेत्र प्रभावित भएको बताएकी हुन्।

‘जति मुद्दाको फैसला हुँदै जानुपर्ने थियो, त्यति भएको छैन, लकडाउनका कारण हरेक ठाउँमा अवरोध गरेको छ, यो जगजाहेर छ,’ उनले भनिन्।

यसैगरी, मन्त्री तुम्बाहाङफेले मौलिक हकसँग जोडिएको १६ वटा ऐन निर्माण गरेको जानकारी दिँदै त्यसमध्ये जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय (पहिलो संशोधन) ऐन २०७५ र सावर्जनिक सुरक्षा (तेस्रो संशोधन) २०७५ को नियमावली बनाउन आवश्यक नपर्ने उल्लेख गरिन्।

‘नियमावली महान्यायाधीवक्ताको कार्यालय अन्तर्गतको समितिबाट फिडब्याक लिनका लागि त्यहाँ पठाएका छौं,’ उनले भनिन्।

अन्य १४ वटा ऐनमध्ये अपराध पीडित संरक्षण ऐन २०७५ को नियमावली बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइन्।

आवासको अधिकारसम्बन्धी ऐन २०७५ र खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ को नियमावली निर्माणको प्रक्रिया चलिरहेको तुम्बाहाङफेले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय