किन आत्महत्या?

‘स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो।’

जीवन न कसैले सोचे जस्तो हुन्छ न त रोजे जस्तो। कुन बेला कस्तो मोड र कस्तो परिस्थिति आउँछ आफैंलाई थाहा हुँदैन। मान्छेले हजारौं सपनालाई अंगाल्दै जिन्दगी अगाडि बढाइरहेका हुन्छन्। कति बेला कस्तो किसिमको बज्रपात आउँछ या जीवनमा चोट पर्छ मान्छेलाई पत्तो समेत हुँदैन। मान्छेको मन पनि मौसम जस्तै परिवर्तित प्रकृतिको हुन्छ।

जतिसुकै परिवर्तनीय भए पनि मन आखिर मान्छेको अधिनस्थ हुन्छ। हुन त दार्शनिकहरू मनलाई अधिनस्थ गर्न या नियन्त्रणमा राख्न सकिँदैन भन्छन् तर मान्छेले चाहेमा उडिरहेको मन नियन्त्रणमा राख्न गाह्रो छैन।

विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ। त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ। आत्महत्या गर्नेमा आमनागरिकदेखि चर्चित सेलिब्रिटीको सङ्ख्या उत्तिकै देखिन्छ। कुनै बेला भारतकी चर्चित कलाकार प्रतुषा बेनर्जीको आत्महत्याले भारत लगायत अन्य देशमा समेत सनसनी मच्चाएको थियो।

• विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ८ लाख मानिसको मृत्यु आत्महत्याको कारण हुने गर्दछ। यसबाहेक हरेक वर्ष आत्महत्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ। विश्वमा मृत्युको प्रमुख २० कारणमध्ये पनि एउटा कारण हो।

• त्यस्तै आत्महत्या गर्ने ९० प्रतिशत कारण मानसिक रोग रहेको छ। विश्वमा १० वर्ष देखि २४ वर्ष उमेरका युवायुवतीको मृत्युको दोस्रो ठूलो कारण आत्महत्या गर्नु हो। अनुसन्धानअनुसार एकजना व्यक्तिको आत्माहत्याको कारण ऊसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ।

• आत्महत्याको कारण बहुआयमिक हुन्छ। आत्महत्या गर्न ९० प्रतिशत जनसंख्यामा मानसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मानसिक रोगमा जस्तै उदासीनताको रोग (डिप्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आत्महत्याको प्रयास गरेको मानिसले आत्महत्या दोहोर्याउने सम्भावना सामान्यभन्दा धेरै हुन्छ। त्यो सँगै जीवनप्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिस वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिमा आत्महत्या गर्ने सम्भावना बढी हुन्छ।

• विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ। त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दो छ। आत्महत्या गर्नेमा आमनागरिकदेखि चर्चित सेलिब्रिटीको सङ्ख्या उत्तिकै देखिन्छ। कुनै बेला भारतकी चर्चित कलाकार प्रतुषा बेनर्जीको आत्महत्याले भारत लगायत अन्य देशमा समेत सनसनी मच्चाएको थियो।

उनको आत्महत्याको कारण उनका प्रेमीबाट भएको धोका र विश्वासघात भनिएको छ। भारतमा यसै साता चर्चित नायक सुशान् सिंह राजपु र अन्य चर्चित व्यक्तिहरूले पनि आत्महत्याको बाटो रोजिसकेका छन्। त्यस्तै नेपालमा जेनिशा खड्का, आलोक नेम्वाङ, यम बुद्धलगायत अन्य चर्चित व्यक्तिले पनि आत्महत्या गरेका छन्।

• दिनप्रतिदिन आत्महत्या गर्नेको संख्या बढ्दो छ। १० वर्षे बच्चा, युवादेखि लिएर वृद्धवृद्धाले पनि आत्महत्या गरेको सुनिन्छ र देखिन्छ। आत्महत्याको समस्याले समाजमा उग्र रूप लिएको पाइएको छ।

बेलाबेला आउने गरेका समचारले आम मानिसलाई झन् त्रसित गराएको छ। जो आफ्नो बच्चाहरू छोडेर उनीहरूको पालनपोषणका लागि देशभित्र लगायत अन्य मुलुकमा रोजगारको सिलसिलामा रहँदै आएका छन्। सन्तानको भविष्यका लागि देशमा राम्रो रोजगार नभएका कारण र बढ्दो महँगीले नेपाल र भारतलगायतका अन्य देशका महिलालाई समेत बच्चाहरूबाट टाढा रहेर काम गर्न बाध्य बनाएको छ।

प्राय: उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्या रोज्छन्। आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन्,

बच्चाहरूको बढ्दो महत्त्वाकांक्षा र आफ्नो आयश्रोतको तालमेल मिलाउन नसकेर विदेशमै आत्महत्या गर्नेहरू पनि भेटिएका छन् भने अर्कोतर्फ अभिभावकहरूले छोडेर हिँडेपछिको उनीहरूको बच्चाहरूको एक्लोपन र गलत संगतले नसालु पदार्थ एवं कुलतमा फस्ने गरेको पनि भेटिन्छ।

विभिन्न परिस्थितिहरूद्वारा सिर्जित समस्याहरूकै औसतमा वैदेशिक रोजगारीमा गएका अभिभावकहरूका बालबच्चाले आत्महत्या गरेको पाइन्छ। त्यो भन्दा पर विदेशमा रहेका अभिभावकहरूको अनुपस्थितिमा जीवनलाई नबुझ्दै गर्ने लिभिङ टुगेदर रिलेसनसिपमा धोका, अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाले आफ्नै सन्तानबाट बेहोर्न परेको अपहेलना र मानिसक तनाव, आर्थिक अभाव, विभिन्न किसिमका रोगहरूलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ।

केही कारणहरू

– चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन्,

– प्राय: उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्या रोज्छन्। आत्महत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन्,

– अत्यधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन्। सहन नसक्ने घट्ना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्,

– कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ। आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ,

– काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुर्व्यवहारको सामना गर्नुका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छन्।

लक्षणहरू

– अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन्,

– यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन्,

– आत्महत्याबारे सोच्ने मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ,

– सामाजिक कार्यमा सहभागी हुन नचाहने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन्,

– यस्ता मानिसले स्वयंलाई हानी गर्ने विधि पनि खोजी गरिरहेका हुन्छन्।

रोकथामहरू

– विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ। लक्षण देखाउने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ।

– यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ। ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ।

– यस्ता प्रकारका मानिसलाई लागूपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्ने प्रयास गर्नुपर्छ।

– आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो। सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ। त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ।

• मनोवैज्ञानिकहरू भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ। मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन। कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउँछन्।

त्यस्तै आत्मबल कमजेर हुने व्यक्तिहरूमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्नेतर्फ लाग्छन्। आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ वा अन्य मानिसको भेटवार्ता र मनोरञ्जनतिर मनलाई मोड्दै समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाइ मनोवैज्ञानिकको छ।

• आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एकप्रकारको चित्कार नै हो। विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन। आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षण वा संकेतहरू देखाउने र व्यक्त गर्ने गर्दछ।

यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसंगी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्याको उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ। खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ। यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्याउन सक्दछ।

• संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहने छ’ मात्र जीवनको घटनाक्रमले यो सुन्दर संसारमा तुँवाले लागेको जस्तो मात्र भएको हो। धैर्य गरियो भने एक दिन त्यो टवालो फाट्छ नै। जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ।

जीवन रहे आफूले गरेको सबै गल्तीहरू सच्याउन सकिन्छ। गल्तीको प्रायश्चित गर्न सकिन्छ। तर आफ्नो अस्तित्व नै नास भएपछि आफूले गरेको अमूल्य जीवन त्याग्ने भूललाई प्रायश्चित गर्ने मौकासमेत पाइँदैन।

• ‘मरिमरि बाँच्नु भन्दा त एकै पलमा मर्न, मन लाग्न सक्छ, त्यही पललाई केहीबेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ’ सत्य र स्वरूपराज आचार्यले गाएको गीतले भनेझै दुःख र निरासाको क्षण धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल पनि बितेर जान्छ र आफ्नो आत्महत्याको सोच निर्णय र विचारमा परिवर्तन आउन सक्छ, त्यो थोरै समयमा आफूले गरेको धैर्य र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ। तपाईले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईको एक मिनेटको धैर्य जीवन परिवर्तनका लागि पर्याप्त हुनसक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय