‘महत्त्वाकांक्षीभन्दा स्वास्थ्य केन्द्रित छ कर्णालीको बजेट’

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अहिलेको परिवेशमा महत्त्वकांक्षी बजेट ल्याउन जरुरी नभएको बताएका छन्। विश्व कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला कर्णाली पनि चपेटामा परेकाले स्वास्थ्यलक्षित बजेट ल्याएको बताए।

उनले त्यसका अलावा भोकमारी र रोजगारीलाई पनि केन्द्रमा राखेको बताए। ‘कर्णालीमा कोरोनाको संक्रमण दिनहुँ बढ्दो छ। यो बेला नागरिकलाई भ्रममा पार्ने खालको महत्वकांक्षि बजेट ल्याउनुको कुनै अर्थ हुँदैन’, उनले भने, ‘त्यसैले प्राथमिकतालाई मध्यनजर गर्दै कर्णाली सरकारले पहिलेको भन्दा ५० करोड न्युन आकारको बजेट ल्याएको छ।’

आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य माथि सञ्चारकर्मीहरूसँग भएको छलफलमा मंगबार मन्त्री ज्वालाले यस्तो बताएका हुन् यो आर्थिक वर्षमा कर्णाली सरकारले सन्तुलित, व्यावाहारिक र कार्यन्वन योग्य बजेट ल्याएकोले कार्यन्वनमा समस्या नहुने उनले बताए।

‘कर्णाली सरकारले कोरोना रोकथामलाई पहिलो प्रथामिकतामा राखेको छ, यसबाट उत्पन्न हुने खाद्य संकटलाई अन्त्य गर्नको लागि खाद्य भण्डारण र आपूर्तिको लागि एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम लागु गरिने छ,’ मन्त्री ज्वालाले भने, ‘यो योजना कार्यन्वन गर्नको लागि असार सकिने वित्तिकै कार्यबिधि बनाएर कार्यन्वन तिर लागिने छ।’

कर्णालीका नागरिकलाई कर्णालीमै रोजगारी सिर्जना गर्नका लागि ‘आफ्नो गाउँ आत्मनिर्भर बनाउ’ कार्यक्रम कर्णालीमा लागू गरिने भएकोले कर्णालीमा अब बेरोजगारी समस्याको अन्त्य हुने मन्त्री ज्वालाले बताए।

कर्णालीमा १ करोडभन्दा तलका योजनाहरूमा डोजर नचलाउन नपाउने गरी कर्णाली सरकारले कानुन बनाउन लागेको उनले जानकारी दिए। गाउँमा डाजर आतंक धेरै छ यसले धेरै नागरिकको रोजगारी खोसेकोले अब १ करोडभन्दा तलका योजनाहरू नागरिकको श्रमबाट ती योजना कार्यन्वन गरिने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय