बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु

बाँकेमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आइसियुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो। ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो। उनी निमोनियाबाट ग्रसित थिइन्।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ। यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय