नवलपुर र पर्वतका २१ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा २१ नयाँ कोरोना संक्रमित थपिएका छन्। नवलपुरमा १८ र पर्वतमा ३ गरी बुधबार बिहान थप २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

नवलपुरका संक्रमितमध्ये हुप्सेकोट गाउँपालिकाका १४, मध्यविन्दु नगरपालिकाका २, कावासोती नगरपालिकाका १ जना छन्। अर्का पुरुषको ठेगाना भने खुलेको छैन। नवलपुरका १८ जना संक्रमित पुरुष हुन्।

पर्वतका ३ संक्रमित फलेवास नगरपालिकाका हुन्। ३ मध्ये २ पुरुष र १ महिला छन्। योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ। आज थपिएका सबै संक्रमित भारतबाट आएर स्थानीय पालिकाको क्वारेन्टाइनमा बसेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जनकारी दिए।

संक्रमितमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ। प्रदेशको दुई जिल्ला मनाङ र मुस्ताङबाहेक ९ वटै जिल्लामा संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय