एकै क्वारेन्टाइनका ४७ सहित ५६ जनामा संक्रमण पुष्टि
दाङमा मंगलबार थपिएका ५६ कोरोना संक्रमित मध्य ४७ एउटै क्वारेन्टाइनमा रहेका छन्।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना गरिएको कोरोना परीक्षणका क्रममा घोराही उपमहानगरपालिका–४ स्थित माध्यामिक विद्यालय डाडागाउँ गोग्लीमा रहेको ४७ जना कोरोना संक्रमित पुष्टि भएको हो।
प्रतिष्ठानका निमित्त रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार संक्रमित मध्ये ३८ जना पुरुष र नौ जना महिला रहेका छन्। उनीहरू मध्य दुई जना बालबालिका छन्।
योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४३ पुगेको छ।
त्यसैगरी घोराही–१२ का ४ जना, घोराही–११ जना ३ जना र वडा नम्बर १५ का एक जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानका अनुसार देउखुरीको राजपुर गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका थप एक जनामा कोरोना संक्रमण देखिएको हो।