दाङमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण

दाङमा एक जना नेपाली सेनाको जवानमा कोरोना संक्रमण देखिएको छ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार कोरोनो परिक्षणका क्रममा घोराहीमा रहेको रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ।

कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण सरेको अनुमाण गरिएको छ। रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही–१८ नवलपुर निवासी ५९ वर्षीय एक पुरुषको उनी सहभागी नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो।

सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ। शव व्यवस्थापनका खटिएका अन्यको भने रिपोर्ट नेगेटिभ आएको नेपाली सेनाको रिपुमर्दन गणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय