तिनाउमा जीप खस्दा ६ जना घाइते

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार २ गते १८:००

सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक ईसुजु डबल क्याव हाइलक्स जीप खस्दा जीपमा सवार ६ जना घाइते भएका छन्।

प्रदेश ३-०१-२२ च ४५२२ नम्बरको डबल क्याबको जीप तिनाउ नदीमा खसेको हो। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पाल्पाबाट बुटवल तर्फ आउँदा मंगलबार अपरान्ह जीप दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएकोमा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र विनोद बस्याल छन्। उनिहरू तिनाउ गाउँपालिका झुम्साका हुन्।

घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए। घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यवसायी रहेको बताइएको छ।

घाइतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए। उनीहरू सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय