दाङमा थपिए ५६ कोरोना संक्रमित

दाङमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन्। घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठाना गरिएको कोरोना परीक्षणका क्रममा दाङ ५६ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमित मध्य ४६ जना पुरुष र १० जना महिला रहेका छन्। योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४३ जना पुगेको छ।

मंगलबार थपिएका कोरोना संक्रमित घोराही उपमहानगरपालिका- ४ मा रहेको माध्यामिक विद्यालय डाडागाउँमा क्वारेन्टाइनमा रहेका ४७ जना रहेका छन्।

त्यसैगरी घोराही–१२ का ४ जना, घोराही–११ जना रहेका छन्। अन्य दुई जना पनि घोराही उपमहानगरपालिकाकै रहेपनि वडा खुलेको छैन। प्रतिष्ठानमा कोरोना पुष्टि भएका मध्य सल्यान कुमाख गाउँपालिकाका एक जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय