थप ३८० जनामा कोरोना, संक्रमित संख्या पुग्यो ६५९१

मगंलबार थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मगंलबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ३८० जनामा कोरोना संक्रमण देखिएको बताए।

मगंलबार संक्रमित देखिएको मध्ये ४१६ पुरुष र ३५ महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ६ हजार ५ सय ९१ जना पुगेका छन्। जसमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला रहेका छन। मगंलबार ११७ निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए ।

हालसम्म १ हजार १ सय ५८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्।  ७३ जिल्ला कोरोना संक्रमण देखिसकेका छन्।हालसम्म कोरोना संक्रमण भएर मृत्यु हुने संख्या १९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय