केयुले एमडिएमएस तेस्रो वर्षको परीक्षा नलिँदा थुप्रै विद्यार्थीको भविष्य अन्यौलमा

काठमाडौं युनिभर्सिटी मेडकल अफ साइन्सले फेब्रवरी तिर लिइसक्नुपर्ने चिकित्साशास्त्रको स्नातकोत्तर (एमडिएमएस) तह तेस्रो वर्षको मौका परीक्षा नलिँदा विद्यर्थीको शैक्षिक सत्र प्रभावित हुने भएको छ। गत वर्ष अगस्टमा केयुले एमडिएमएसको जाँच लिएको थियो। उक्त परीक्षामा फेल भएकाहरूको ६ महिना भित्र परीक्षा लिइसक्नु पर्ने हुन्छ।

तर, आधा जुन भइसक्दा पनि केयुले परीक्षा नलिँदा ५०/६० जनाभन्दा बढी विद्यार्थीले समस्या खेप्नु परेको गुनासो गरेका छन्। परीक्षा लिन आलटाल गरिरहेको केयुले अहिले लकडाउनलाई देखाएर बेवास्ता गरेको विद्यार्थीहरूको गुनासो छ।

फम भरेर शुल्क तिरिसकेको अवस्थामा परीक्षा नलिनु केयुको गैरजिम्मेवारपन भएको विद्यार्थीहरूको आरोप छ।

पढाइसकेर तीन वर्ष तालिम सकेका आफूहरूको जाँच नलिँदा मानसिक तनाब खेप्नु परेको एक विद्यार्थीले गुनासो गरे।

चान्स इग्जामलाई धकेलेर यो वर्षका नयाँ विद्यार्थीसँग वार्षीक परीक्षामा आफूहरूको पनि जाँच लिएर ठूलो रकम पचाउने खेल भइरहेको विद्यार्थीको आरोप छ। ‘जाँच गराउन एक करोडको हाराहारीमा खर्च हुने भएकाले त्यसलाई बचाउनका लागि केयुले बहाना बनाइरहेको छ’, एक विद्यार्थीले भने, ‘त्यसरी एकै पटक जाँच गराउन पाए त उनीहरूले अहिलेको परीक्षामा खर्च हुने पैसा खल्तिमा हाल्न पाउने भए।’

रेगुलर ब्याचसँग मिलाएर एक वर्ष पुरानो व्याचलाई पनि जाँच दिन बाध्य बनाएको उनीहरूको गुनासो छ। एक जना विद्यार्थीले आफू फेल भएको अवस्थामा फेरी ६ महिनामा जाँच दिउला भनेर राम्रो तयारी गरेको भए पनि परीक्षा नलिँदा मानसिक तनावमा रहेको बताए। उनले अहिले आफूले डिप्रेसनको औषधी खाइरहेको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय