सुदूरपश्चिममा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो ४ घण्टामा ७९ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो।

नयाँ थपिएका संक्रमितहरूमा धनगढीका १ महिला र ७ पुरुष, गौरिगंगा नगरपालिकाका एक महिला र एक पुरुष रहेका छन्। यसै गरी कञ्चनपुरका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि स्थानीय तहको विवरण भने खुलाइएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय