नेपालमा कोरोना प्रकोप, अबको चुनौती र समाधान

केही दिनयता कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा वृद्धि भएको छ । दैनिक रूपमा संक्रमण ४ सयको हाराहारीमा बढिरहेको छ । जेठ महिनामा मात्र संक्रमित संख्या ५ हजारभन्दा बढी थपिएका छन्।

यो तथ्यांकले तीन करोड नेपालीलाई पर्याप्त रूपमा असर गर्न विज्ञहरू बताउँछन्। चीन, अमेरिका, भारत जस्तो देशमा पनि संक्रमणको सुरुआत नेपालकै जसरी भएको थियो भने पछि महामारीका रूपमा परिणत हुन पुग्यो।

कोरोना नियन्त्रणको सशक्त हतियार नै ‘सतर्कता’

हाल दैनिक रूपमा बढिरहेको संक्रमणले भयावहको संकेत गरिरहेको मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल बताउँछन्।

‘नेपालीमा धेरै लक्षण देखिएको छैन। संक्रमण हुँदैन । मृत्युदर कम हुनुमा इम्युनिटी पावर बलियो रहेको भ्रम अझै छ,’ डा. अनिल भन्छन्, ‘अन्य देशले पनि यस्तै सोचाइ राख्दा पछि महामारी रूप लिएको थियो।’

‘कोरोना महामारीसँग लड्ने सबैभन्दा ठूलो हतियार भनेकै सतर्कता हो । जुन सतर्कता व्यक्तिगत रूपमा गर्नुपर्दछ,’ डा. अनिल भन्छन्, ‘जसका लागि एक व्यक्तिले कसरी सुरक्षा सतर्कता अपनाइरहेको छ, त्यसमा निर्भर हुन्छ।’

सरकारले लकडाउन केही खुकुलो बनाएसँगै भीडभाड बढिरहेको छ। संक्रमणको उच्च जोखिम भइराख्दा पनि विभिन्न निकाय, व्यक्ति तथा स्वास्थ्य क्षेत्रमा रहेका व्यक्तिमा पनि नेपालमा मृत्युदर कम रहेको भ्रम अझै छ।

‘नेपालीमा धेरै लक्षण देखिएको छैन। संक्रमण हुँदैन । मृत्युदर कम हुनुमा इम्युनिटी पावर बलियो रहेको भ्रम अझै छ,’ डा. अनिल भन्छन्, ‘अन्य देशले पनि यस्तै सोचाइ राख्दा पछि महामारी रूप लिएको थियो।’

चीनको उहानमा संक्रमण बढिरहेको थियो, तर युरोपका राष्ट्रहरू संक्रमण फैलिँदै भन्ने सोचाइमा रहेका थिए । त्यही गल्ती अहिले नेपालीले गरिरहेको डा. अनिल बताउँछन्।

भाइरसको स्वभावले कहिलेकाहीं बलियो हुने तथा कहिले कमजोर हुने गर्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने बेलामा भाइरसको स्वभाव परिर्वतन हुने उनले बताए।

‘सर्तकता मानिसको सोचाइ, व्यवहार वा पढाइ धेरै कुराले भर नपर्ने र बाहिर राम्रो सिस्टम भएता पनि व्यक्ति आफैं उत्तरदायित्व नभए संक्रमण रोक्न नसकिने उनको तर्क छ।

संक्रमणले युवावर्गको मृत्यु

नेपालमा हालसम्म संक्रमणले युवावर्गको मृत्यु भएको छ । उमेर समूहमा हेर्दा ६० वर्षमुनिका ९९ प्रतिशतका मानिसको मृत्यु भएको देखिन्छ।

कुल संक्रमण हेर्ने हो भने ६० प्रतिशतभन्दा बढी २० देखि ४० उमेर समूहको रहेको तथ्यांक छ। सबैभन्दा इम्युनिटी बलियो भएकामा संक्रमण हुँदा पनि शून्य दशमलब ७ प्रतिशत मृत्युदर रहेको छ।

अहिले अवस्थामा गाउँगाउँमा संक्रमण पुगिनसकेको हुनाले दीर्घरोगी र वृद्धवृद्धामा संक्रमणले नदेखिएको कारणले मृत्युदर कम भएको डा. अनिलको बुझाइ छ ।
‘जब संक्रमणको विस्तार हुन्छ,’ डा. अनिल भन्छन्, ‘मृत्युदर बढ्ने निश्चित छ।’

अबका लागि अग्निपरीक्षा

सरकारले क्वारेन्टाइन १४ दिनपछि घर पठाउने नीति लिएको छ। क्वारेन्टाइनको अहिलेको अवस्था हेर्दा संक्रमण चाँडै सर्ने देखिन्छ । क्वारेन्टाइनमा सामाजिक दूरी नै कायम नहुँदा एक व्यक्तिबाट अर्कोमा संक्रमण सर्ने जोखिम उच्च देखिएको छ।

क्वारेन्टाइन बसेर घर पुगेका मानिसमा पछि संक्रमण देखिएको घटना दिनदिनै बढिरहेको छ । कुनै व्यक्तिले संक्रमण लिएर घर पुगेको अवस्थामा संक्रमण फैलिने निश्चित छ।

‘यदि हामीले सामाजिक दूरी, माक्स लगाउने, हात धुने जस्ता काम गरेनौं भने महामारीले भयावह अवस्था लिनसक्छ,’ उनले भने, ‘जब दीर्घरोगी, वृद्धवृद्धामा संक्रमण पुग्छ, तब संक्रमणको लक्षण देखिन सुरु गर्ने र मृत्युदर बढी हुने हुन्छ।’

त्यस्ता व्यक्तिबाट गाउँघरका दीर्घरोगी, गर्भवती, अन्य व्यक्ति कति सुरक्षित रहन सक्छन्, जुन अबका लागि अग्निपरीक्षा हुने कुरा रहेको डा. अनिल बताउँछन्।

‘यदि हामीले सामाजिक दूरी, माक्स लगाउने, हात धुने जस्ता काम गरेनौं भने महामारीले भयावह अवस्था लिनसक्छ,’ उनले भने, ‘जब दीर्घरोगी, वृद्धवृद्धामा संक्रमण पुग्छ, तब संक्रमणको लक्षण देखिन सुरु गर्ने र मृत्युदर बढी हुने हुन्छ।’

पहिला लक्षण नभएका केस धेरै थिए। तर, विस्तारै संक्रमण बढ्दै जाँदा लक्षण भएका केसहरू बढ्न थालेका छन् । ज्वरो, श्वासप्रश्वास, निमोनियाजस्ता समस्याका कारण मृत्यु बढिरहेको छ।

समधानको पाटोः सिकेका कुरा व्यवहारमा ल्याउने

लकडाउन खुकुलो भएसँगै मानिसहरू काममा हिँडिरहेका छन्। कोरोनाबाट आफूलाई बचाउन एकमात्र अस्त्र सामाजिक दूरी कायम गर्नु नै हो । ‘जति पनि हामीले बुझ्यौ, सिक्यौं त्यसलाई अब व्यवहारमा ल्याउने हो,’ डा. अनिलले भने, ‘परीक्षा दिने आफैं र जाँच गर्ने पनि उनै व्यक्ति हो। आफूले सिकेका कुरा व्यवहारमा ल्याइएको छ कि छैन आफैंले मूल्याकन गर्नुपर्छ।’

उनका अनुसार सामाजिक दूरी कायम, माक्सको प्रयोग, हात धुने जस्ता कुरालाई व्यवहारमा ल्याइए भोलिका दिनमा केही सुरक्षित रहन सकिन्छ।

तर, ९० प्रतिशत मानिसले अझै सामाजिक दूरी कायम नगर्ने र हातधुने काम गरेका छैनन् । रोकथामका लागि गर्नुपर्ने काम गरेका छैनन् भने यो महामारीबाट कसरी बच्न सकिन्छ? उनी प्रश्न गर्छन्।

सरकारले पिसिआर टेस्ट, अस्पताल क्षमता बढाएर मात्र संक्रमण नियन्त्रण गर्न सकिँदैन। सबैभन्दा नियन्त्रणमा व्यक्तिगत भूमिका हुने उनको तर्क छ।

इम्युनिटी बलियो भएको कारणले संक्रमण हुँदैन भन्ने भ्रममा नपर्नका लागि डा. अनिलको आग्रह छ । अबको एकमात्र रोकथामको उपाय व्यक्तिगत सतर्कता नै हो । जुन व्यक्तिगत, परिवार, समाज र देशका लागि महत्त्वपूर्ण साबित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय