झापाका दुई ठाउँमा १३० वेडको आइसोलेसन वार्ड बन्दै

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ असार २ गते १२:५२

फाइल फोटो

झापाको दुई स्थानमा छिट्टै आइसोलेसन वार्ड सञ्चालनमा आउने भएको छ। प्रदेश- १ सरकारले २५ लाख रकम उपलब्ध गराएसँगै आइसोलेसन वार्ड बन्ने भएको हो।

झापाको मेची अञ्चल अस्पताल र मेचीनगर नगरपालिका- ११ को स्वास्थ चौकीमा पिसिआर टेष्टका लागि ल्याब र आइसोलेसन वार्ड सञ्चालन हुने भएको हो। सोमबारदेखि प्रदेश सरकारले उक्त आइशोलेसन वार्ड निमार्ण सुरु गरेको छ।

प्रदेश सांसद बसन्त बानियाँका अनुसार असार ६ गतेबाट मेची अञ्चल अस्पतालमा १ सय वेडको र स्वास्थ चौकीमा ३० वेडको पिसिआर टेष्टका लागि आइसोलेसन वार्ड सञ्चालनमा आउने छ।

सांसद् बानियाँका अनुसार थप आवश्यकताका आधारमा वेड थप गरिने छ। झापा कोरोना संक्रमणको उच्च जोखिम क्षेत्र हो। झापामा हालसम्म १७६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

झापामा पिसिआर टेष्टका लागि आइसोलेसन वार्ड नहुदाँ समस्या भएको छ। त्यसलाई मध्यनजर गरेर प्रदेश सरकारलाई आग्रह गरिएको र प्रदेश सरकारले काम सुरु गरेको सांसद बानियाँले बताए। अब पिसिआर टेष्टका लागि समस्या कम हुनेछ।

ल्याब सञ्चालनका लागि पहिलो चरण मेची अञ्चल अस्पतालाई १५ लाख र मेचीनगर ११ को स्वास्थ चौकीलाई १० लाख तत्काल प्रदेश सरकारले पठाउने सांसद बानियाँले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय