नारायणी अस्पतालका चिकित्सकले जिते कोरोना संक्रमण

चितवनको नारायणी सामुदायिक अस्पतालमा कार्यरत चिकित्सकले कोरोना जितेका छन्। जेठ २६ गते कोरोना भएको पुष्टि चिकित्सकको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएको हो।

आइसोलेसनमा बसेर उपचार गराइरहेका उनीसहित चितवनमा एकै दिन तीन जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो। उनीसँगै कोरोना पुष्टि भएका अर्का चिकित्सकको यसअघि नै रिपोर्ट नेगेटिभ आइसकेको छ।

संक्रमित अर्का चिकित्सकको अवस्था पनि सामान्य छ। यस्तै नारायणी सामुदायिक अस्पतालबाट स्वाब संकलन गरिएका १६ जना सबैमा कोरोना संक्रमण नेगेटिभ आएको छ ।

यसैविच सोमबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ३७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर अस्पतालका अनुसार सोमबार परिक्षण भएका ४ सय ३८ जनामध्ये ४ सय ३७ जनाको रिपोर्ट नेगेटिभ आएको हो । कावासोती नगरपालिका ३ नवलपुर वस्ने वर्ष ३७ का पुरुषमा भने कोभिड–१९ पोजेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय