मेची अञ्चल अस्पतालको आइसियू कक्ष सिल

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसियू कक्ष सिल गरिएको छ। शनिबार अस्पताल भर्ना भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसियू कक्ष सिल गरिएको हो।

आइसियू कक्ष सिल गरिएसँगै अस्पतालमा कार्यरत चिकित्सक सहित २५ जना क्वारेन्टाइनमा बसेका छन्।

अस्पतालमा कार्यरत दुई जना फिजिशियन, तीन जना मेडिकल अधिकृत, आइसियूमा कार्यरत आठ जना नर्स, ईमरजेन्सी, ल्याब, एक्सरेमा कार्यरत कर्मचारीसहित २५ जना क्वारेन्टाइनमा बसेको अस्पतालका मेकिल सुपरिटेण्डेट डा. पिताम्बर ठाकुरले बताए। अस्पतालले तयार गरेको क्वारेन्टाइन र स्वास्थ्यकर्मीको सरकारी निवासलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको डा . ठाकुरले जानकारी दिए।

कोरोना सक्रमण पुष्टि भएका भद्रपुर नगरपालिका- ८ का ती व्यक्ति जेठ २९ गते भारतबाट फर्किएका थिए। उनी त्यही दिनदेखि मेची बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

छातीमा समस्या देखिपछि उनी शनिबार मेची अञ्चल अस्पताल भर्ना भएका थिए। ती व्यक्तिलाई इमरजेन्सीबाट आइसियूमा राखिएको थियो।

सोमबार संक्रमणको पुष्टि भएका उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

अहिले सो अस्पतालको आईसियू सेवा बन्द भएको छ। चिकित्सक सहित २५ जनाभन्दा बढी जनशक्ति क्वारेन्टाइनमा बसेपछि सो अस्पतालको सेवा पूर्ण रुपमा प्रभावित भएको छ।

त्यहाँ उपचाररत विरामीमा र गाउँगाउँबाट उपचार गर्न आउने व्यक्तिमा समेत त्रास थपिएको छ। आफूहरूमा पनि अन्योल सिर्जना भएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय