कोरोना अस्पतालकी नर्समा संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका घर भएकी २८ वर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिम प्रयोगशालामा जाँच भएर पोजेटिभ देखिएर सोमबार ६८ जना मध्ये एक जना त्यही कार्यरत स्टाफ नर्स रहेको पुष्टि भएको हो। यद्धपी सेती अस्पतालले ती स्टार्फ नर्समा कोरोना संक्रमण भएको बारे आधिकारित रुपका कुनै जानकारी सार्वजनिक गरेको छैन।

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले आफूलाई सो बारे जानकारी नभएको बताउँदै प्रादेशिक प्रयोगशालामा सम्पर्क राख्न भन्दै त्यहाँका निमित्त निर्देशकको सम्पर्क नम्बर दिए।

सेती अस्पताल स्रोतका अनुसार संक्रमित स्टार्फ नर्स शुरुआतदेखि नै कोरोना भाइरस संक्रमितहरुको उपचार भइरहेको आइसोलेसन उपचार कक्षमा कार्यरत थिइन्।

स्रोतका अनुसार अहिले ती नर्ससँग सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीहरूको समेत परीक्षण गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय