विश्वभर ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु, ८१ लाख बढीमा कोरोना संक्रमण
कोरोना भाइरसको संक्रमणबाट भारतमा बितेको चौबिस घण्टामा ३ सय ८० जनाको मृत्यु भएको छ भने करिब ११ हजार नयाँ संक्रमित थपिएका छन्।
भारतले कोरोना भाइरसको संक्रमितको संख्यामा इटाली, स्पेन र बेलायतलाई उछिनेको छ। एकदिनमै भारतमा १० हजार ६ सय ६७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय १५ पुगेको छ भने ३ लाख ४३ हजार ९१ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख ८० हजार ३ सय २० जना निको भई घर फर्किसकेका छन्।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा कोरोना भाइरसबाट ४ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने १ लाख १० हजार ७ सय ४४जनामा संक्रमण रहेको पुष्टि भएको छ।
कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ३९ हजार १ सय ९८ पुगेको छ भने ८१ लाख १८ हजार ६ सय ८७ जनामा संक्रमण रहेका पुष्टि भएको छ। संक्रमितमध्ये ४२ लाख १६ हजार ३ सय १९ जना निको भएका छन्।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा भाइरसका कारण १ लाख १८ हजार २ सय ८३ जनाको ज्यान गएको छ भने २१ लाख ८२ हजार ९ सय ५० जना संक्रमित छन्।
संक्रमितमध्ये ८ लाख ८९ हजार ८ सय ६६ जना उपचारपछि निको भएका छन् भने उपचारमा रहेका १६ हजार ७ सय १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।
त्यस्तै ब्राजिलमा कोरोनाका कारण ४४ हजार १ सय १८ जनाको ज्यान गएको छ भने ८ लाख ९१ हजार ५ सय ५६ जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये ४ लाख ६४ हजार ७ सय ७४ जना निको भएका छन् भने रसियामा ५ लाख ३७ हजार २ सय १० जनामा कोरोना संक्रमण रहेको छ भने ७ हजार ९१ जनाको मृत्यु भएको छ।
बाँकि संक्रमणदर र मृत्युसंख्या अन्य देशमा रहेको छ।