गण्डकीको बजेट : कोरोना नियन्त्रणलाई ६० करोड, निजी क्षेत्रलाई १ अर्ब राहत

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसबाट लाग्ने कोभिड १९ को नियन्त्रण तथा उपचारका लागि ६० करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सोमबार प्रदेश सभामा आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै कोरोना रोकथामका लागि उक्त रकम विनियोजन गरेको जानकारी दिएका हुन्।

सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन वार्ड थप्ने, सबै जिल्ला अस्पतालमा आइसियू कक्ष सञ्चालन गर्ने तथा अस्पतालहरुको भौतिक पूवार्धार विकास गर्नका लागि यो रकम खर्च हुने अर्थमन्त्री गुरुङले जानकारी दिए।

साथै प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित भएको निजी क्षेत्रको राहतका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा’ नाममा उक्त रकम विनियोजन गरेको हो। कोरोना महामारीका कारण ध्वस्त भएको नीजि क्षेत्रको राहतका लागि यो रकम खर्च गरिने अर्थमन्त्री गुरुङले जानकारी दिए।

अर्थमन्त्री गुरुङले अहिले प्रदेश सभामा बजेट प्रस्तुत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय