क्वारेन्टाइनबाट घर फर्किएका २३ जनामा कोरोना संक्रमण

 

दाङको घोराही उपमहानगरपालिकामा क्वारेन्टाइनबाट घर फर्काइएकामा कोरोना संक्रमण देखिएको छ। घोराही उपमहानगरपालिका–१७ र १८ नम्वर वडाका २३ जनामा कोरोना संक्रमण देखिएको हो।

सोमबार दाङमा थपिएका ४३ संक्रमित मध्य २३ जना कोरोना परिक्षणको रिपोर्ट नआउँदै घर फर्किएका रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका इन्चार्ज विकेश रेग्मीले जानकारी दिएका छन्। इन्चार्ज रेग्मीका अनुसार उनीहरू मध्य घोराही उपमहानगरपालिका–१७ मा १७ जना र वडा नम्बर १८ का ६ जना रहेका छन्।

संक्रमित मध्ये उनीहरू घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय गिठेपानी क्वारेन्टाइनबाट २ जना र आधारभूत विद्यालय बेलघारीबाट घर फर्किएका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसै गरी घोराही उपमहानगरपालिका- १७ मा पनि १७ जनामा कोरोना संक्रमण देखिएको छ। पिसिआर परिक्षणको रिपोर्ट नआउँदै घर पठाइएका गोरक्षरत्ननाथ माध्यामिक विद्यालय चौघेरा क्वारेन्टाइनमा बसेका १३ जना र रात्री प्रावि क्वाडीबाट घर पठाइएका ४ जनामा कोरोना रिपोर्ट पोजिटिभ पुष्टि भएको हो।

रात्री प्राविका ४ जना संक्रमित मध्य १ जना महिला रहेकी छिन्। चौघेरा क्वारेन्टाइनमा बसेका ३५ जना मध्य १६ जनालाई चार दिन पहिले कोरोना रिपोर्ट नआउँदै घर पठाइएको थियो। घर फर्किएका मध्य १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो। उनीहरूको जेठ २१ गते पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको थियो।

रिपोर्ट नआउँदै घर फर्काएकाहरूमा कोरोना पोजिटिभ देखिएपछि समाजमा त्रास सिर्जना भएको छ। रिपोर्ट नआउँदै घर पठाएपछि वडा नम्बर १७ का सोमबार स्थानीय वडा कार्यालय घेराउसमेत गरेका थिए। घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा इन्चार्ज रेग्मीका अनुसार घोराही–३ मा ३ जना, ४ मा १० जना र ५ मा ५ जना कोरोना संक्रमित थपिएका छन। उनीहरू भने क्वारेन्टाइनमै रहेकाले कोही आत्तिनु पर्ने अवस्था नरहेको उनले जानकारी दिएका छन।

कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई भएको भन्दै शनिबार घोराही उपमहानगरपालिका– १ को सिमलतार आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ घर फर्किएका थिए। त्यसैगरी घोराही उपमहानगरपालिका–६ को माध्यामिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ र घोराही–१८ स्थित आधारभूत विद्यालय गिठेपानीबाट १३ जना घर फर्किएका थिए।

चार जना स्वास्थ्यकर्मी ससंक्रमित

यसैविच सोमबार घोराहीमा थपिएका ४२ कोरोना संक्रमित मध्य चार जना स्वास्थ्यकर्मीहरु रहेका छन्। उनीहरू घोराही–४ का दुई जना र घोराही–३ र १८ का एक–एक जना स्वास्थ्यकर्मी रहेका छन्।

वडा नम्बर ३ का ४८ वर्षीय पुरुष र १८ का ४६ वर्षीय पुरुष स्वास्थ्यकर्मी रहेका छन भने घोराही–४ का ३१ बर्ष र ५७ वर्षीया महिलाहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय