सुदूरपश्चिममा एकै दिन थपिए ६८ जना कोरोना संक्रमित

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ असार १ गते १७:००

सुदूरपश्चिम प्रदेशमा आज एकै दिन ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ‌।

धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा आज पुष्टि भएकामा बैतडी २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जना रहेका छन्।

एकै दिन ६८ जना थपिए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय