कोरोना संक्रमणमा उच्च वृद्धि, थप ४५१ जना संक्रमित

सोमबार थप ४५१ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ४५१ जनामा कोरोना संक्रमण देखिएको बताए।

सोमबार संक्रमित देखिएको मध्ये ४१६ पुरुष र ३५ महिला रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा संक्रमित हुने संख्या ६ हजार २ सय ११ जना पुगेका छन्। जसमध्ये ५ हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला रहेका छन।

सोमबार ६७ निको भएर डिस्चार्ज भएको डा. गौतमले जानकारी दिए । हालसम्म १ हजार ४१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका छन्। जसमध्ये ९३७ पुरुष र १०४ महिला रहेका छन्।

हालसम्म ७३ जिल्ला कोरोना संक्रमण देखिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय