प्रदेश ५ सरकार बजेट : स्वास्थ्यको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा जोड

प्रदेश ५ सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा जोड दिने बताएको छ। कोभिड १९ को रोकथामका कामको अनुभवका आधारमा स्वास्थ्य क्षेत्रको पूर्वाधार र जनशक्ति बढाउन थालिएको प्रदेश सरकारको भनाई छ।

प्रदेश सरकारको आर्थिक बर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री शंकर पोखरेलले उक्त कुरा बताएका हुन्। उनले जिल्ला अस्पताललाई ५० बेडको बनाउने नीति अनुसार पूर्वाधार विकासका लागि सहयोग गर्ने बताए। त्यसका लागि आउने आर्थिक बर्षमा रुकुमपूर्व, कपिलवस्तु, रोल्पा, पाल्पा र रुपन्देहीको भीम अस्पतालको भौतिक पूर्वाधारमा सहयोग गर्ने उनले बताए। त्यसका लागि प्रदेश सरकारले १५ करोड बजेट विनियोजन गरेको छ।

त्यसैगरी दाङको लमहीमा आधुनिक ट्मा सेन्टरको निर्माणका लागि ५ करोड, बुटवलको लुम्बिनी र दाङ राप्ती प्रादेशिक अस्पतालमा बिशिष्टीकृत सेवा प्रदान गर्न, रुपन्देहीको देवदमा स्वास्थ्य प्रदेश तालिम केन्द्रका लागि बजेट विनियोजन गरिएको छ। दाङको बिजौरी र बुटवलमा रहेको लुम्बिनी प्रदेश स्तरीय आयुर्वेदिक अस्पतालमा आयुर्वेदिक औषधीको उत्पादन थालिने गरी बजेट छुट्याइएको पोखरेलले बताए।

कपिलवस्तुको शिवराज नगरपालिकामा अस्पताल निर्माणका लागि १ करोड बजेट छुट्याइएको उनले बताए।

मुख्यमन्त्री तथा आर्थिक मामिला मन्त्री पोखरेलले स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिई बजेट प्रस्तुत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय