पर्सामा तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण

पर्सामा तीन जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीसहित १० जना कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्साका थप १० जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेहरूमा ९ जना विन्दवासनी गाउँपालिकाको क्वारेन्टाइन र एकजना पटेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेको नागरिक भएको नारायणी अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायले बताए।

संक्रमितमध्य विन्दवासनी गाउँपालिकाका स्वास्थ्य प्रमुख सहित २ जना स्वास्थ्यकर्मी र एक जना महिला कार्यालय सहयोगी रहेका छन्। ५ जना केहि दिन अगाडि भारतबाट आएर गाउँपालिकाका- ४ झौवागुठीमा निर्माण गरेको क्वारेन्टाइनमा बस्दै थिए।

क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मी र कार्यालय सहयोगीसहित भारतबाट आएकाहरूको गत जेठ २६ मा स्वाब संकलन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय