दीर्घरोगी संक्रमितले समेत उपचार पाएनन्, तीन दिनदेखि घरमै घट्पटाउँदै

कोरोना पोजेटिभ देखिएको तीन दिनसम्म पनि धनगढीका मिर्गौला पीडितलाई अस्पताल लैजानका लागि कुनै पहल भएको छैन।

धनगढी–३ चटकपुरका ४३ वर्षे मिर्गाैलाकाे समस्या भएका बिरामीमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि वडाका जनप्रतिनिधिले विरामीलाई आइसुलेसनमा राखेर उपचार गरिदिन आग्रह गर्दै आएका भएपनि कसैले नसुनेको गुनासो गरे।

सेती प्रादेशिक अस्पतालमै डाइलासिस सेवा लिएकी धनगढी-४ महिमा टोलकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको थियो। शनिबार कोरोना पुष्टि भएका ति पुरुष र मृतक महिलाले एउटै डाइलासिसबाट सेवा लिँदै आएका थिए।

उनी मिर्गोला पीडित भएकाले पनि अस्पतालमा राखेर उपचार गर्नु आवश्यक छ। स्वास्थ्यमा कुनै आकस्मिक समस्या आए उनलाई आइसियुमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दीर्घ रोघिमा कोरोनाको मृत्यु दर उच्च हुने भएकाले उनीहरूलाई तत्काल अस्पताल भर्ना गरेर उपचार गर्नुपर्छ ।

संक्रमितलाई उपचारका लागि आइसुलेसनमा लग्न नगर स्वास्थ्य, जिल्ला प्रशासन र सेती प्रादेशिक अस्पतालसँग आग्रह गरिसक्यौं,’ धनगढी–३ का वडा सदस्य ओम बिक्रम चन्दले भने, ‘एकले अर्काको जिम्मेवारी हो भन्दै पन्छिनथालेका छन्, वीरामी घरमै बस्दा टोलमा कोरोना फैलिने खतरा बढेको छ।’

वडा अध्यक्षदेखी सबै जनप्रतिनिधीले संक्रमितलाई सुरक्षित स्थानमा राखी टोलवासीको स्वास्थ्य परिक्षण गर्न आग्रह गर्दै आएका छौं,’ वडा सदस्य पार्वती सिंहले भनिन्, ‘तर पनि कसैले सुनेका छैनन्, जनता त्रसित बनेका छन्।

तीनदिनदेखी टोलमा कोरोनाका संक्रमित बस्दै आएपछि चटकपुरवासी भने त्रसित बनेका छन्। स्थानीय देवी खड्काले भने, ‘कोरोना सक्रमित आफ्टोलको हो भन्ने जानकारी पाएपछि टोलवासी डराएका छन्, घरबाट बाहिर निष्कन सकेका छैनन्।’

चटकपुकै कमल रानाले संक्रमितलाई तत्काल अस्पताल लग्न माग गरेका छन्। उनले संक्रमितसँगै उनका परिवार र टोलका वासिन्दाको पनि स्वास्थ्य परिक्षण गरिनु पर्ने बताए।

सेती प्रदेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने नगरमा देखापरेका विरामीको रेखदेख र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई हुने र स्थानीय तहकै समन्वयमा कोरोना संक्रमितको थप परिक्षण हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय