बलात्कार आरोपीलाई कारबाही माग गर्दै राजमार्ग अवरुद्ध

क्वारेण्टाइनमा बसेकी महिलालाई सामूहिक बलात्कार गर्नेमाथि कडा कारबाहीको माग गर्दै कैलालीको लम्कीस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

लम्कीचुहा नगरपालिका–१ को क्वारेन्टाइनमा बसेकी एक महिलालाई शनिबार तीन जनाले सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

स्थानीयले पूर्वपश्चिम राजमार्गको लम्की क्षेत्र अवरुद्ध पारेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले राजमार्ग अवरुद्ध भएको बताउँदै खोल्ने प्रयास भइरहेको बताए।

नगरपालिकाको वडा नम्बर १ मा रहेको सहिद स्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी ३१ वर्षीय महिलामाथि शनिबार राति बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। आइतबार पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी छानविन भइरहेको प्रहरीले जनाएको छ।

करणी गरेको अभियोगमा पीडित महिलाले किटानी जाहेरी दर्ता गरेपछि लम्की चुहा १ का १७ वर्षे सर्जन विक, २० वर्षे लक्ष्मण परियार र २२ वर्षे किशोर परियार पक्राउ परेका छन्। उनीहरू एक स्वास्थ्यकर्मी र दुई जना क्वारेन्टाइनमा खटिएका सहयोगी रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय