स्वास्थ्य क्षेत्रमा कर्णालीको २ अर्ब ७७ करोड बजेट (बजेटको पूर्ण पाठसहित)

कर्णाली प्रदेशले कोरोना नियन्त्रण तथा त्यसको प्रभाव न्युनिकरणलाई प्राथमिकतामा राख्दै आगामी वर्षको बजेट सार्वजनिक गरेको छ।

स्वास्थ्य उपचार, उत्पादन र आपूर्तिमा परिरलक्षित बजेट ल्याएको जनाएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले स्वास्थ्य क्षेत्रमा २ अर्ब ७७ करोड बजेट विनियोजन गरेको बताए।

उनले बजेटमा तत्कालिन रुपमा कोरोना नियन्त्रण र दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गरी गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता बजेटको पहिलो प्राथमिकता रहेको बताए।

कोरोनाबाट भोकमरी लगायतका समस्या सिर्जना हुने भएकाले जनताको जीवन रक्षाका लागि आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्न संघ र स्थानीय तहसँग सहकार्य तथा समन्वय गर्ने उनले जनाए।

उनले कोरोना केन्द्रित स्वास्थ्य, खाद्यान्न र शिक्षाका कार्यक्रमलाई कार्यान्वयनका लागि १ अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गरिने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय