भारतमा २४ घण्टामा ३२५ को मृत्यु, १२ हजार संक्रमित

कोरोना भाइरसको संक्रमणबाट भारतमा बितेको २४ घण्टामा ३ सय २५ जनाको मृत्यु भएको छ भने करिब १२ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना भाइरसको संक्रमितको संख्यामा इटाली, स्पेन र बेलायतलाई उछिनेको छ। एकदिनमै भारतमा ११ हजार ५ सय २जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय २० पुगेको छ भने ३ लाख ३३ हजार ८ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख ६९ हजार ६ सय ८९ जना निको भई घर फर्किसकेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा कोरोना भाइरसबाट ३ हजार ९ सय ५० जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार ९ सयभन्दा बढीमा संक्रमण रहेको पुष्टि भएको छ।

त्यस्तै दिल्लीमा भाइरसको संक्रमणबाट १ हजार ३ सय २७ जनाको मृत्यु र ४१ हजार २ सय ८२ संक्रमित,तामिलनाडुमा ४सय ३५ को मृत्यु र ४४ हजार ६ सय ६१ संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय