गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय नाघेको छ। सोमबार बिहान थप ६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

आज संक्रमण पुष्टि हुनेमा तनहुँको घिरिङ गाउँपालिकाका ५ पुरुष रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा ४५, ४६, २२ र २७ वर्षे दुई पुरुष छन्। अर्का एक संक्रमित नवलपुरको बौदीकालिका गाउँपालिकाका २० वर्षे पुरुष हुन्।

तनहुँका ५ संक्रमितलाई बेलचौतारास्थित जीपी कोइराला स्वास प्रश्वास केन्द्रमा र नवलपुरका संक्रमितलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा भर्ना गरिएको छ।

अहिलेसम्म गोरखामा १५, म्याग्दीमा ३, कास्कीमा ५, लमजुङमा १, तनहुँमा ९, नवलपुरमा ४६, स्याङ्जामा ६०, पर्वतमा २६ र बागलुङमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय