बंगलादेश र अफगानिस्तानबाट २८० नेपालीको उद्धार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सरकारले बंगलादेशबाट २६२ नेपालीको उद्धार गरेको छ। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)का अनुसार आइतबार नेपाल वायुसेवा निगमको जहाजमार्फत बंगलादेशबाट नेपालीको उद्धार गरिएको हो।

नेपाल वायुसेवा निगमको जहाज बंगलादेशबाट २६२ नेपाली लिएर उडिसकेको सिसिएमसी छाउनीले जनाएको छ।

उक्त जहाजमा बागमती प्रदेशका १३४ जना छन्। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार प्रदेश १ का १८, २ का ६५, गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका ८ जना छन्।

मन्त्रिपरिषद बैठकले जेठ १२ गते गरेको निर्णयअनुसार कोभिड संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा अलपत्र रहेका नेपालीलाई ल्याइएको हो।

यस्तै, आइतबार नै अफगानिस्तानबाट युएनको जहाजले १८ जना नेपालीलाई काठमाडौं ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय